सिन्धुपाल्चोकमा निषेधाज्ञासहित दुई वडा सिल गरियो ।

चौतारा । कोभिड १९ का संक्रमितहरु बढ्न थालेपछि सिन्धुपाल्चोक जिल्लामा निषेधआज्ञा जारी भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बेलुकी १२ बजेदेखि बैशाख ३१ गतेसम्मका लागि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरिएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दुई वडालाई सिल गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा ४ र ९ मा कोभिड १९ का संक्रमितहरु अत्याधिकरुपमा देखा पर्नका साथै वडा ४ का दुईजनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएपछि ती दुई वडालाई…

अप्ठ्यारोमा परेकालाई तुरुन्त सम्पर्क राख्न चौतारा साँगाचोकगढीको अनुरोध

आपतकालीन सेवा चुस्त राख्न चौतारा साँगाचोकगढीले फोकल पर्शन तोकियो ।चौतारा ।बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितहरुसँग समन्वय गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पर्क व्यक्ति तोकिएको छ ।आज बसेको नगरपालिकाको बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नका साथै कोही कसैलाई तत्काल एम्बुलेन्सको आवश्यक परे रोहित शर्मालाई ९८५१२३४५७४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै संक्रमितहरुसँग समन्वय गर्नका लागि स्वास्थ्य शाखा प्रमुख शिबबहादुर पुरीलाई ९८४१५३८४५७ र आइसोलेशनका लागि चिरञ्जिबी कट्टेललाई ९८५११५१६८२ मा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । नगरपालिकाको यो निर्णयले एमर्जेन्सी सेवा चुस्त हुने स्थानीयले विश्वास लिएका छन्…

कोरोनाको राजधानी बन्दै चौतारा । नियन्त्रणका लागि २४ गतेबाट कडा लकडाउन

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पछिल्लोपटक कोरानासंक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । कोरोनाको नमूना संकलन व्यापक नगरिए पनि चोक चोकमा कोराना संक्रमितहरु देखा पर्न थालेपछि चौतारा कोरोनाको हटस्पट बन्ने संकेत देखिएको हो ।चौताराको टुँडिखेलदेखि बाजोखेतसम्म कोरोना संक्रिमितहरु देखापर्न थालेको वडा अध्यक्ष नरमान श्रष्ठले बताए । त्यसो त चौतारा बसपार्क, कप्तानपाटी र गैरी गाउँमा पनि लक्षण देखिएको संक्रमितहरु देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।चौताराको शहीदचोक, (मिलन मेगा बैंक )चोक, प्रेसचोक भिन्तुना चोक, भीमसेन र कृष्ण मन्दिर परिशरका केही स्थानीयमा पनि कारोना संक्रमण पुष्टि भईसकेको छ । चोकचोकका स्थानीयहरुमा कोरोना…

मध्य भोटेकोशीको आईपिओ आजदेखि, सिन्धुपाल्चोक र काठमाडौँमा कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र…

सिन्धुपाल्चोकका लागि कोरोना विरुद्धको झण्डै २१ हजार डोज खोप आउँदै ( अन्य जिल्लामा कति ? हेरौं )

चौतारा । सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज मध्य सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत) जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज…

बेवारिसे दुई व्यक्तिको उद्धार

बेवारिसे दुई व्यक्तिको उद्धार

चौतारा । बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश बनाउने अभियान अन्तर्गत बेसहारा एवम् वेवारिसे दुई व्यक्तिलाई उद्धार गरिएको छ । नाम बतन खुल्न नआएका अन्दाजी वर्ष ३५ को र अन्दाजी ३४ वर्षको दुईजनालाई सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट विहीबार उद्धार गरिएको हो ।स्थानीय समाजसेवी शहदेव खड्काले ती दुई व्यक्तिलाई वेवारिसे अवस्थामा भौतारिरहेको देखेपछि बेसहारा सडक मानवमुक्त मानवीय प्रदेश अभियानका सहजकर्ता अप्सरा पौडेललाई जानकारी गराइएका थिए ।जानकारी पाएलगत्तै सहजकर्ता पौडेलको पहलमा उद्धार गरि मानव सेवा आश्रम भक्तपुरमा सेवाका लागि पठाइएको छ ।प्रदेश सरकार र गैरसरकारी संस्थाको साझेदारीमा बागमति प्रदेशलाई सहयोगापेक्षी, बेसहारा…

क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

क्षेतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने

राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो । अझै पनि सबै ठाउंमा दुबै तर्फ गाडिहरु आवातजावत गर्न मिल्दैन । चौतारा । नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई १ अर्ब ४४ करोड २० लाख रुपैयाँ लागतमा पुनस्र्थापना गरिने भएकोछ । भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ । चिनियाँ रकम ८० मिलियन युवान ९ लागतमा चीनले बनाई दिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन…

इन्द्रावती र सुनकोसीका सबै क्रसर बन्द

इन्द्रावती र सुनकोसीका सबै क्रसर बन्द

नेता, कर्मचारी र जनप्रतिनिधि पनि व्यवसायीसँग मिलेर इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेको पाइएको छ । जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको हो । नदीलआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरू नै छन् । त्यसैले, स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि दिएको ठेक्का पनि तिनकै पोल्टामा पुग्ने गरेको छ । चौतारा गृह मन्त्रालयको सर्कुलरपछि जिल्लामा रहेका सबै क्रसर उद्योग एक सातादेखि बन्द भएका छन् । व्यवसायीको अटेरीबीच जिल्ला प्रशासनले धेरैपटक सुरक्षा फौज नै परिचालन गरेर क्रसर बन्द गराएको…

हरेक वडामा पक्की सडकको सुरुवात गरेका छौ’

kedar kshetri

‘आफ्नो व्यक्तिगत व्यापार, व्यवसायिक कारोबारलाई थाँति राख्दै जनसेवामार्फत समग्र गाउँपालिकाको समृद्धिको सपना देख्दै चुनावी मैदानमा होमिएर विजयका झण्डा फरफराउन सफल सिन्ध राजनीतिका एक सफल पात्र एवम् बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसँग निर्वाचनपछि गाउँपालिकाले सम्पादन गरेका कामसँग केन्द्रीत रही पत्रकार विदुर आचार्यले अध्यक्ष क्षेत्रीसँग गरेको कुराकानी । स्थानीय तहको निर्वाचन पछि गरेका महत्वपूर्ण काम के के हुन् ?बलेफी गाउँपालिकाले स्थानीय तहको निर्वाचन पछि बिशेषत बिकास निर्माणका काममा फड्को मारेको छ । खासगरी पूर्वाधार निर्माणमा बलेफी अगाडी पुगेको छ । आठै वटा वडाका कच्ची सडक कालोपत्रे गर्ने काम सुरु गरैका छौ ।…

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो ।तीन दिनअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो । २८ कात्तिकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । सो प्रतिवेदनमा ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरिएका कारण त्यसको प्रतिवादमा अध्यक्ष ओलीले १३ मंसिरमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन् । आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै,…