भञ्ज्याङ–चण्डेनी कृषि सडक स्तरोन्नति, ग्रामीण बस्तीमा वर्षभरि सडक पहुँच विस्तार हुने

भञ्ज्याङ–चण्डेनी कृषि सडक स्तरोन्नति, ग्रामीण बस्तीमा वर्षभरि सडक पहुँच विस्तार हुने

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तार गर्ने उद्देश्यले भञ्ज्याङ–पधेरा–पल्लो टोल–चण्डेनी कृषि सडक स्तरोन्नतिको काम अघि बढाएको छ।

परियोजनाको लागत अनुमान ५० लाख ७९ हजार २३० रुपैयाँ रहे पनि ३४ लाख २६ हजार १०९ रुपैयाँमा निर्माण सम्झौता गरिएको छ।

योजनाअन्तर्गत सडक ढलानसहित आवश्यक संरचना निर्माण गरिनेछ। निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने यातायात समस्या घट्ने, स्थानीय कृषकलाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने र ग्रामीण बस्तीको आवागमनमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

सिफारिस

प्रतिकृया दिनुहोस्