तातोपानी नाका : अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।
काठमाडौ । आफू निर्वाचनमा विजयी भएपश्चात तातोपानी नाका खुलाउन अहोरात्र खट्दै आउनु भएका प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नाकाबाट मानव आवतजावतका लागि व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गर्नु भएको छ ।
नेपाली र चिनियाँ अधिकारीबीच हिजो सोमबार लिपिङमा बसेको बैठले आयात निर्यातकालागी बैशाख १८ गतेबाट दुईतर्फी नै नाका खुल्ला गर्ने निर्णय गरेको थियो । बैठकमा नेपालतर्फको अध्यागमन कार्यालय भवन नभएको र सडक संरचना असुरक्षित भएको कारण मानव आवागमनको विषयमा निर्णय नभएको भन्दै सांसद सापकोटाले मानव आवागमन खुला गर्नका लागि अध्यागमन कार्यालय, कर्मचारी र सडक मर्मत गर्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्नु भयो ।
नाका खुलाउनका लागि कुटनीतिक पहलसँगै पटकपटक प्रतिनिधि सभा बैठकमा आवाज उठाउदै आएका सांसद सापकोटाले भन्नू भयो -” लिपिङ क्षेत्रमा अध्यागमन कार्यालय व्यवस्थापन गरि कर्मचारीसमेतको खटपटन गरि कुटनीतिक पहलमार्फत मानव आवतजावतको समेत व्यवस्था मिलाउन म सम्माननीय सभामुख र सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु” ।https://www.facebook.com/100034418200862/posts/pfbid02zhmd7dV2iaBnwHQzodSGuftVs8EkxuwNVprYo9HejP5tsJbQYHUQiW9mupUx3s8sl/?mibextid=Nif5oz
मानव आवागमनका लागि अध्यागमन कार्यालय व्यबस्थापन गर्न सांसद सापकोटाको ध्यानाकर्षण ।
