सबैसँग समदुरी राख्दै पार्टीका एजेण्डाहरु पुरा गर्नका लागि रास्वपाले सरकार समर्थनको उचित निर्णय लिएको बताउनु भयो । “हामी विचारमा स्वतन्त्र छौं तर पनि पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै सदनबाट सरकारलाई उत्तरदायित्व बनाउन पनि हामी सधैं तत्पर छौं ”सांसद गौतमले भन्नु भयो “सिक्दै र गर्दै गएको परिवेश भएको कारण अलि गाह्रो छ, फेरि पनि जनताको एजेण्डाबाट हामी कहिल्यै पनि विमुख हुने छैनौं ” ।
बाह्रविसे । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् सांसद सोविता गौतमले अर्को निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी मूलुकको पहिलो पार्टी हुने दावी गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगर भेलाको शनिबार उद्घाटन गर्दै सांसद गौतमले मूलुकको समृद्धिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प नभएको भन्दै अर्को निर्वाचनमा देशभरि नै राष्टिय राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बज्ने ठोकुवा गर्नु भयो ।
कसैसँग घनिष्ट हुने, कसैसँग टाढा हुने पार्टीको नीति नभएको जिकिर गर्दै उहाँले सबैसँग समदुरी राख्दै पार्टीका एजेण्डाहरु पुरा गर्नका लागि रास्वपाले सरकार समर्थनको उचित निर्णय लिएको बताउनु भयो । “हामी विचारमा स्वतन्त्र छौं तर पनि पार्टीको नीति, विचार र सिद्धान्तलाई अंगिकार गर्दै सदनबाट सरकारलाई उत्तरदायित्व बनाउन पनि हामी सधैं तत्पर छौं ”सांसद गौतमले भन्नु भयो “सिक्दै र गर्दै गएको परिवेश भएको कारण अलि गाह्रो छ, फेरि पनि जनताको एजेण्डाबाट हामी कहिल्यै पनि विमुख हुने छैनौं ” ।

रास्वपा जिल्ला सभापति माया गुरुङको अध्यक्षतामा भएको भेलालाई रास्वपा बागमति प्रदेश सभापति डा. अच्यूत लामिछाने, प्रदेश सदस्य भरत गुरुङ, केन्द्रीय सदस्य मेग आले लगायतका वक्ताले आ–आफ्नोे धारणा राख्नु भएको थियो ।
भेलाले आजै बाह्रबिसे नगरस्तरिय कार्य समितिको पनि चयन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिकाका सभापति रविन श्रेष्ठले जानकारी दिनुभयो ।
