सवारीसाधनको कर फागुनभित्र बुझाएमा कर जरिवानामा छुट

सवारी साधन कर, नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा कसैले पनि उन्मुक्ति नमिल्ने भएको भन्दै कार्यालयले सवारी कर भुक्तानी नगरेका सवारीसाधन एवम् सवारी धनीहरुको लगत तयारी गरि सम्वन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलनको कार्यलाई कडाई गर्ने

काठमाण्डौं । विगत लामो समयदेखि सवारी साधनको कर दाखिला र नविकरण भुक्तानी गर्न बाँकी रहेका सवारी धनीहरुका लागि यातायात व्यवस्था कार्यालयले जरिवानामा छुटको व्यवस्था गरेको छ ।
कार्यालयले २०७० सालदेखि २०७६ सालसम्म कर तथा नविकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही फागुन मसान्तभित्र कर बुझाएमा करमा जरिवाना छुटको व्यवस्था गरेको हो ।
कार्यालय एक सूचना जारी गर्दै तोकिएको समयसिमा भित्र कर बुझाउन आएमा कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था मिलाएको जनाउँदै विगत लामो समयदेखि कर तिर्न बाँकी सवारी साधनका सवारीधनीहरुले छुट अवसरको लाभ लिन आग्रह गरेको छ ।
प्रयोग नभएका सवारी साधनहरुले पनि चालु आर्थिक वर्षसम्मको कर जरिवाना तथा नवीकरण जरिवाना रकम भुक्तानी गरि विधिवत लगतकट्टा गर्न पनि अनुरोध गरेको छ ।
सवारी साधन कर, नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा कसैले पनि उन्मुक्ति नमिल्ने भएको भन्दै कार्यालयले सवारी कर भुक्तानी नगरेका सवारीसाधन एवम् सवारी धनीहरुको लगत तयारी गरि सम्वन्धित स्थानीय तहसँगको सहकार्यमा कर संकलनको कार्यलाई कडाईका साथ लागु गर्न गइरहेको पनि जानकारी दिइएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्