सि डिभिजन लिक फूटबल छनौट प्रतियोगिताका खेलाडीलाई विदाई

सि डिभिजन लिक फूटबल छनौट प्रतियोगिताका खेलाडीलाई विदाई
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ ।

No description available.


दोस्रो पटक सि डिभिजन लिक फुटबल छनौट प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो ।

No description available.


सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो ।

No description available.

नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकासलाई मात्र नभई खेलकूद लगायतको विकासलाई पनि नगर गौरवको रुपमा लिएर योजना बनाउन अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भयो ।
स्र्पोटिङ क्लबका अध्यक्ष सविन श्रेष्ठका अनुसार प्रतियोगिता असोज ९ गते दिनको ३ बजे ग्राम निर्माण बन्धु मण्डलबीच हुनेछ ।
सहयोगी र शुभेच्छुकहरुसँग आर्थिक संकलन गरेर प्रतियोगितामा सहभागि हुन लागेको क्लबका राकेश रानाले बताउनु भयो ।

No description available.

सिफारिस

प्रतिकृया दिनुहोस्