सिन्धुपाल्चोकमा निषेधाज्ञासहित दुई वडा सिल गरियो ।

चौतारा । कोभिड १९ का संक्रमितहरु बढ्न थालेपछि सिन्धुपाल्चोक जिल्लामा निषेधआज्ञा जारी भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बेलुकी १२ बजेदेखि बैशाख ३१ गतेसम्मका लागि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरिएको हो । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दुई वडालाई सिल गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा ४ र ९ मा कोभिड १९ का संक्रमितहरु अत्याधिकरुपमा देखा पर्नका साथै वडा ४ का दुईजनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएपछि ती दुई वडालाई बैशाख २३ गतेबाट ३१ गतेसम्म सिल गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सिन्धुपाल्चोकले जनाएको छ । वडा न ९ कदमबासको संपूर्ण क्षेत्रलाई सिल गरिए पनि वडा न ४ को साविकको कुविण्डे गाविसको भने वडा न ५, ६, ७, ८ र ९ लाई मात्र सिल गरिएको छ यसअघि सिन्धुपाल्चोकको मुख्य ब्यापारीक क्षेत्रहरुमा विहान १० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न छुट दिइएको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्