अप्ठ्यारोमा परेकालाई तुरुन्त सम्पर्क राख्न चौतारा साँगाचोकगढीको अनुरोध

आपतकालीन सेवा चुस्त राख्न चौतारा साँगाचोकगढीले फोकल पर्शन तोकियो ।
चौतारा ।बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितहरुसँग समन्वय गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पर्क व्यक्ति तोकिएको छ ।
आज बसेको नगरपालिकाको बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नका साथै कोही कसैलाई तत्काल एम्बुलेन्सको आवश्यक परे रोहित शर्मालाई ९८५१२३४५७४ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै संक्रमितहरुसँग समन्वय गर्नका लागि स्वास्थ्य शाखा प्रमुख शिबबहादुर पुरीलाई ९८४१५३८४५७ र आइसोलेशनका लागि चिरञ्जिबी कट्टेललाई ९८५११५१६८२ मा तत्काल सम्पर्क राख्न अनुरोध गरेको छ । नगरपालिकाको यो निर्णयले एमर्जेन्सी सेवा चुस्त हुने स्थानीयले विश्वास लिएका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्