नेकपा र राप्रपाका ५० भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

बार्हबिसे । पछिल्लो केही समययता सिन्धुपाल्चोकमा पार्टी प्रवेशको लहर चलेको छ । यसैबीच बुधबार बार्‍हबिसे २ कर्थलीका नेकपा र राप्रपा समर्थित स्थानीय नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस बाह्रबिसे नगरपालिका वडा नं २ ईकाइ समितिकाे आयोजनामा तत्कालीन माओवादीकाे तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ , पुर्ब माओवादी लडाकु चाैतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० बन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका नेताहरूद्वारा सदस्यता, खादा, टीका लगाई प्रवेश गराए।

सिफारिस

प्रतिकृया दिनुहोस्