चौतारा । सिन्धुपाल्चोक चौतारास्थित चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको ससर्त अनुदान अन्तर्गतको रु दुई लाख रुपैया अनुदान रकम आयआर्जनका लागि ८ जना महिलाहरुलाई जनही २५ हजारको दरले आज नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वितरण गर्नु भएको हो । सो अवसरमा वितररित रकमबाट परिणाम आउने गरि आयआर्र्जनमा वृद्धि भएको पाइएमा नगरले पुन सहयोग गर्ने नगरप्रमख सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो । वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वितरित रकमको सही सदुपयोग भयो कि भएन भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो…