एमाले सिन्धुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

एमाले सिन्धुपाल्चोक अधिवेशन

चौतारा । एमाले सिन्धुपाल्चोकको दशौँ जिल्ला अधिवेशन चौतारामा तेस्रो दिन पनि जारी छ। शुक्रबारबाट सुरु भएको अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम रहेको छ। नयाँ नेतृत्वको लागि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार परेको निर्वाचन समितिले जनाएको छ।सफ्ट लाइनर नेताको रुपमा चिनिएका बाहालवाला अध्यक्ष कमल नेपाल र हार्ड लाइनरको रुपमा चिनिएका अर्का नेता होम नारायण श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै अध्यक्ष पदमा बादल तामाङले पनि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्षका लागि भने अर्जुन भण्डारी, विष्णुमणि आचार्य र सुदनराज गिरीले उम्मेदवारले दिएका छन्…

एमाले मुख्यालयमा वामदेवको वार्ता, ६० लाख मतको वाचा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।  ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा उहाँहरुले आज दिउँसो भेट गर्नुभएको हो । तत्कालीन नेकपा र एमाले विभाजनपछि कतै नलागी तटस्थ रहनुभएका गौतम पछिल्लो समय एमालेमै फर्किन लागेको चर्चा छ ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई पुरानै घर फर्किन बाटो खुला भएको भनिएका बेला पछिल्लो भेटलाई चासोका साथ हेरिएको छ । केही दिनअघि उहाँले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको प्रतिक्रियासमेत दिनुभएको थियो । आजको भेटपछि गौतमले आगामी निर्वाचनमा एमालेको लोकप्रिय मत संख्या…