यात्रा लत हो, नशा हो। यात्रा एक मादकता। एक मोह।.. क्रमभंगता। अझ पदयात्रा? यो एउटा कुख्यात लत भन्छु म। खैर, लत जे सुकैको होस्, लागेपछि गाह्रो बनाउनु स्वाभाविक हो। हुन त, कहिलेकाहीँ आफूलाई गाह्रो बनाउनु पनि थेरापी हो। उसो त म परपीडक भन्दा पनि स्वपीडक हुँ। पदयात्रा पनि एक स्वपीडन हो। यद्यपि, जान अन्जानमा परपीडक पनि भए हुँला। एउटा स्वपीडनको बोधार्थ मनोभाव। साथीहरूसँगको योजनामा रहेको पाँचपोखरी पदयात्राले आफैंमा असफलता पाउनु र नेपाल सरकारले सोलो ट्रेकमा बन्देज लगाउनुले केही हतोत्साहित बनाएको त पक्का हो। तर, यसपटक म पछाडि हट्नेवाला थिइनँ। कोही…
Category: अर्थ / पर्यटन
अर्थ / पर्यटन
हिउँ खेल्नेहरुको लर्को लाग्न थाल्यो हेलम्बुमा
बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस हुने गरेको छ । उनीहरु हिउँसँग रमाएका छन् भने गुराँसको सौन्दर्यसँग थप उत्साहित भएका छन् । हेलम्बु । हिमपात भएपछि सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यो वर्षकै पहिलोपटक हिमपात भएपछि हिमाल क्षेत्रका होटल र होमस्टे भरिभराउm हुन थालेका हुन् । हिउँ परेपछि सिन्धुपाल्चोकको हेलम्बु, दुगुनागढी, लिसंखुपाखार र पाँचपोखरी जस्ता पर्यटकीय क्षेत्र पुग्ने पर्यटकको संख्या बढ्न थालेकाे छ । बसन्त ऋतुमा पर्यटकको रोजाइ हिँउ र लालीगुराँस हुने गरेको छ । उनीहरु हिउँसँग रमाएका छन् भने गुराँसको सौन्दर्यसँग थप उत्साहित…
वडामै पुगेर योजना सम्झौता हुन थालेपछि सिंहदरबार आएको महसुस
समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानीयको भनाई छ । मेलम्ची । हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगेर उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरूको नगरबाट सम्बन्धित वडा कार्यालयमै पुगेर अनलाइन सिस्टम बाट उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार…
