उद्योग बाणिज्य संघको स्थापना दिवसमा बिद्यार्थीहरुलाई सहयोग

निर्मल बस्नेत

(३० साउन २०८०) सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ २९ औँ बर्षमा प्रबेश गरेको छ । स्थापना दिवशको अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमारले बताए ।

उनका अनुसार २०५२ सालमा स्थापना भएको संघ जसको मूख्य कार्यालय बाह्रबिसेमा रहेको छ । जस अन्तरगत जिल्लाको सदरमुकाम चौतारा र मेलम्चीमा शाखा कार्यालय सञ्चालन गरि सामाजिक क्षेत्रमा विविध कामहरु गर्दै आईरहेको छ ।

संघ स्थापना दिवशको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत सहभागि गराई उत्सव मनाएको संघको महासचिव सम्भुप्रसाद तिमल्सीनाले जानकारी दिए । तिमल्सीनाको अनुसार नीजी क्षेत्रको प्रतिनीधी संस्थाको रुपमा रहदै बिपद्, प्राकृतिक प्रकोप र माहामारीहरुमा पीडितहरुको लागि बिभिन्न सहायता प्रदान गर्दै आईरहेको छ ।

स्थापना दिवश तथा सहयोग हस्तान्तरण कार्यक्रम संघको पूर्व अध्यक्ष एबम् केन्द्रिय सदस्य साथै वर्तमान सल्लाहकार सभापति  कमलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा, पूर्वअध्यक्ष अर्थलाल श्रेष्ठ,  पदाधिकारी, कार्यकारी समितिका सदस्यहरु, आजिवन सदस्य र सल्लाहकारहरुको सहभागिता सम्पन्न भएको संघको कार्यकारी अधिकृत ई्रवरीप्रसाद चालिसेले जानकारी दिए ।  

स्मरण रहोस् संघकै आयोजनामा २०६८ सालमा सिन्धुपाल्चोक महोत्सव आयोजाना भएको थियो । जसको मूख्य नारा “सिन्ुपाल्चोक समृद्धिको आधार, कृषि, पर्यटन जलस्रोत,र व्यापार” ४ खम्बे नितीलाई अवलम्वन गर्दै सिङ्गो सिन्धुको बिकासको लागि सरकारी संयन्त्रको सारथी बनेको थियो । जुन कार्यक्रम तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा, नेकपपा एमालेका अध्यक्ष माधबकुमार नेपाल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा लगायत उच्च ओहोदाको व्यक्तिहरु र आम सिन्धुबासीको सहभागितामा जिल्लाको सदरमुकाम चौतारामा भब्य कार्यक्रम गरि मनाएको थियो ।